मोटरसाइकल दुर्घटनामा परी डोटीमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी डोटीमा  एक जनाको मृत्यु

धनगढी। भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–२ गरुडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

डडेल्धुराबाट धनगढीतर्फ आइरहेको सुपप्र ००२००३ प ४९०२ नम्बरको मोटरसाइकलमा सवार डडेल्धुराको अमरगढी नगरपालिका–४ का अन्दाजी ३० वर्षीय प्रदिप घिमिरेको मृत्यु भएको हो।

सोही मोटरसाइकलका चालक अमरगढी–४ कै अन्दाजी ३० वर्षीय नरेन्द्र घिमिरे भने घाइते भएको ट्राफिक पोष्ट बुडरका प्रहरी सहायक निरीक्षक राजेन्द्र विष्टले बताए। घाइते नरेन्द्रलाई उपचारका लागि धनगढी पठाइएको उनले बताए।

बिहीबार दिउँसो उक्त मोटरसाइकललाई धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से१ख १२४४ नम्बरको मिनीट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।मिनीट्रक र चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक पोष्ट बुडरले बताएको छ।