गायक धुव्र केसीको ७५ वर्षको उमेरमा निधन

गायक धुव्र केसीको ७५ वर्षको उमेरमा निधन

काठमाडौं । गायक धुव्र केसीको ७५ वर्षको उमेरमा निधन भएको छ।

ललितपुरको भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा बिहीबार साँझ उनको निधन भएको हो । केसी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।

उनका ’मायालु हजार हुन्छन’, ’नरोउ नरोउ साइली’, ’अरु कालो रेलको धुँवाले’, ’तिम्रो माया कागजको’, ’सबैले भन्छन्’, ’नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, ’बगी जाने खोला’ लगायतका गीत चर्चित छन्।

उनका तीन छोरी छन्। केसीको बिहीबार साँझ पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनी नायक भुवन केसीका काका हुन्।