साताको अन्तिम कारोबार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला ९२ हजार नौ सय रूपैयाँ तोकेको छ।
बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य घटे पनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ६० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।