कञ्चनपुरमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा २०७० जेठ २३ गतेका दिन जिल्ला अदालत कञ्चनपुरको फैसलाले १ वर्ष ११ महिना कैद सजाय तोकिएका फरार प्रतिवादी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ देखतभुली बस्ने कालुराम बिकलाई उनकै घर ठेगानाबाट पक्राउ गरिएको हो ।

बिकलाई बिहीबार नै जिल्ला अदालत कञ्चनपुरमा पेस गरी अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार चलान गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।