सदन विघटनको प्रकाशित सूचनासहितको राजपत्र महान्यायाधिवक्ताले सर्वोच्चमा बुझाए

धनगढी खबर    

सदन विघटनको प्रकाशित सूचनासहितको राजपत्र महान्यायाधिवक्ताले सर्वोच्चमा बुझाए

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संवैधानिक इजलासमा राजपत्र बुझाएका छन्। राष्ट्रपति कार्यालयबाट संसद् विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भनी सुनुवाइको क्रममा बिहीबर टिप्पणी भएको थियो।

प्रधानमन्त्रीले सिफारिस गरेको प्रतिनिधिसभा विघटनको सिफारिसपछि राष्ट्रपति कार्यालयबाट जारी सूचना प्रकाशित राजपत्र महान्यायाधिवक्ता खरेलले आज इजलाससमक्ष पेस गरेका हुन्।

अधिवक्ता ओमप्रकाश अर्यालले राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएका थिए। सूचना राजपत्रमा प्रकाशित भए नभएको बारे स्पष्ट पार्न र प्रकाशित भएको भए इजलासमा पेस गर्न आग्रह गरिएको थियो।



शुक्रबार ०९, माघ २०७७ १२:५१ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस