शिवनगर खानेपानी संस्थाको महसुल आईएमई पे मार्फत तिर्न सकिने

शिवनगर खानेपानी संस्थाको महसुल आईएमई पे मार्फत तिर्न सकिने

कैलाली,माघ ०९ । कैलालीमा रहेको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको महशुल अब  आईएमई पे मार्फत सजिलै तिर्न सकिने भएको छ । शुक्रवार आईएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालीत आइएमई पे र शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था विच सम्झौता भएको हो । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महशुल आईएमईका एजेन्ट पार्टनरहरु वा आइएमई पे वालेट मार्फत भुक्तान गर्न सकिने आईएमई लिमिटेड सुदूपश्चिम प्रदेश प्रमुख सञ्जय मुर्ति कोइरालाले बताए। 
आइएमई पे का तर्फवाट आईएमई लिमिटेडका सुदूपश्चिम प्रमुख सञ्जय मुर्ति कोइराला र शिवनगर खानेपानी तथा सरसफाइ  उपभोक्ता समिती कैलालीका अध्यक्ष राजेश कुमार खातीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरि सम्झौता गरेका हुन । तीन हजार भन्दा बढी घरधुरी संख्या  उक्त सेवाबाट लाभान्वित हुने आईएमई कम्पनीले जनाएको छ ।