पीएम कप : प्रदेश २ ले दियो वाग्मती प्रदेशलाई १८० रनको लक्ष्य

पीएम कप : प्रदेश २ ले दियो वाग्मती प्रदेशलाई १८० रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ ले वाग्मती प्रदेशलाई १८० रनको लक्ष्य दिएको छ ।  काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४१ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनाएको हो । 

प्रदेश २ का लागि विवेक यादवले अर्धशतकीय पारी खेले । ७४ बल खेलेका उनले ३ चौका र ३ छक्काको सहयोगमा ६६ रन बनाए । त्यस्तै कुमार थापाले २२ रन बनाउँदा राहुल प्रताव सिंहले १८ रनको योगदान गरे ।  बलिङतर्फ वाग्मती प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन ओभर सहित २९ रन खर्चे ।  

त्यस्तै रामनरेश गिरीले दुई विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान एक–एक विकेट लिए । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । वाग्मती प्रदेश लगातार तेस्रो जित निकाल्दै आफूलाई सेमिफाइनल नजिक पुर्‍याउने योजनामा हुनेछ ।  यता प्रदेश दुई पहिलो जितको खोजिमा छ ।