वनमन्त्री आलेदेखि तस्कर होइन, रूख र जनावर त्रसित छन्: भीम रावल

वनमन्त्री आलेदेखि तस्कर होइन, रूख र जनावर त्रसित छन्: भीम रावल

धनगढी । नेकपा (प्रचण्ड–नेपाल समूह) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले वनमन्त्रीका विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिविरुद्ध व्यंग्य गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले नियुक्ति गरेका वनमन्त्री प्रेम आलेबाट वन तस्कर त्रसित भएको भनेर भाषण गरेको भन्दै नेता रावलले यसको उल्टो भएको टिप्पणी गरेका हुन् । नेता रावलले भने, ‘प्रधानमन्त्रीले मैले यस्तो वनमन्त्री बनाएको हुनाले त्यहाँ तस्करी गर्नेहरू त्रसित छन् भन्नुभएको छ ।

तर त्यसको उल्टो वन तस्करहरू खुसी होलान्। यहाँ रूख, वृक्ष र तिनको छहारीमा बस्ने सबै जन्तु, जनावरचाहिँ त्रसित छन् ।’ शुक्रबार प्रेस संगठन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वन तस्करी मुद्दामा अदालतबाट ९ लाख धरौटीमा छुटेका मानिसलाई प्रधानमन्त्री ओलीले वन मन्त्रालयको जिम्मेवारी दिएर गलत काम गरेको उनले बताए ।