प्रदेश–१ ले दियो कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य

धनगढी खबर    

प्रदेश–१ ले दियो कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१५ रन बनाएको हो।

प्रदेश १ का लागि सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन बनाउँदा शुभाङ्कर राओले ३६ रन जोडे। त्यस्तै मिनस थापाले २५ रन बनाउँदा श्रवण यादव र फिर्दोस अन्सारीले समान १७/१७ रन जोडे।

बलिङतर्फ रबीन्द्र शाहीले सर्वाधिक ३ विकेट लिँदा दिनेश अधिकारी र दिनेश चुनराले समान २/२ विकेट लिए। त्यस्तै दिवान पुन, राज शाह समान १/१ विकेट लिए। कर्णाली प्रदेश केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



शुक्रबार ०९, माघ २०७७ ०१:३१ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस