अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई भेटेर बताए राष्ट्रपति बाइडनका यी प्राथमिकता

अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई भेटेर बताए राष्ट्रपति बाइडनका यी प्राथमिकता

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी अमेरिकाका नयाँ राष्ट्रपति बाइडनका प्रमुख प्राथमिकताबारे जानकारी गराउनुका साथै त्यसबारे छलफल गरेका छन्।

राजदूत बेरीले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न बाइडन प्रशासन इच्छुक रहेको जानकारी दिएका छन्।

‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ। हामी हाम्रा गठबन्धनहरूमा सुधार गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ। हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ,’ राष्ट्रपति बाइडनको भनाइ उद्धृत गर्दै बेरीले भनेका छन्, ‘हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ।’