काम विशेषले आउनै परे बाहेक आज रिङरोड भित्र नपसेकै वेश । नेपाल र्टीकम्युनिस्ट पाको प्रचण्ड नेपाल समूहको शक्ति प्रदर्शनका कारण रिङरोडभित्र जाम रहेको छ ।
कोटेश्वर, सातदोबाटो, चावहिल, महाराजगञ्ज, बालाजु, कलंकी, बल्खुलगायत मुख्य चोकहरुमै जाम छ । जामका कारण सडकमा आवागमन निकै सुस्त गतिमा भइरहेको छ ।
रिङरोडभित्र रहेकाहरुले पनि मुख्य सडकबाहेक वैकल्पिक मार्गबाट यात्रा गर्दा जाम छल्न सकिने अवस्था छ । रिङरोडभित्र बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, दरबारमार्ग, लाजिम्पाट, भाटभटेनीलगायतका क्षेत्रमा पनि जामका कारण आवागमनमा समस्या देखिएको छ ।