मुख्यमन्त्री विरूद्धका अविश्वास प्रस्तावबारे देउवाले गरे छलफल

मुख्यमन्त्री विरूद्धका अविश्वास प्रस्तावबारे देउवाले गरे छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश नम्बर १ मा के गर्ने भन्नेबारे पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।

देउवा निवास बुढानिलकण्ठमा शुक्रबार भएको छलफलमा अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशका मुख्यमन्त्रीहरू विरूद्धमा उभिने कि सघाउने भन्नेबारे छलफल भएको थियो ।

बागमती प्रदेशमा नेकपाका प्रचण्ड(नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

सभापति देउवाले राखेको उक्त छलफलमा सहभागी रहेका कांग्रेसका एक जना केन्द्रीय सदस्यले अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशहरूमा पार्टीले के गर्ने भन्ने छलफल भए पनि कुनै निर्णय भएको छैन ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत सहभागी थिए ।