स्पष्टीकरणपत्र बोकेर ओलीलाई भेट्न गएका प्रचण्ड–नेपाल समूहका नेताहरूलाई बालुवाटार गेटमै रोकियो !

धनगढी खबर    

स्पष्टीकरणपत्र बोकेर ओलीलाई भेट्न गएका प्रचण्ड–नेपाल समूहका नेताहरूलाई बालुवाटार गेटमै रोकियो !

नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेको स्पष्टीकरणपत्र प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा लगेर बुझाइएको छ । 

उक्त समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन किन नगर्ने भन्ने प्रश्न सोध्दै तीन दिनभित्र स्पष्टीकरण दिन भनेको हो । स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल प्रशान्त्र पत्र बुझाउन बालुवाटार पुगेका थिए ।प्रधानमन्त्री ओलीलाई पार्टी स्थायी समिमित बैठकले गरेको निर्णयका आधारमा सोधिएको स्पष्टीकरणपत्र लिएर सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र म बालुवाटास्थित प्रधानमन्त्री निवास पुगेका थियों । तर, त्यहाँ हामीलाई प्रधानमन्त्रीसँग भेट गर्न दिइएन । हामीले स्पष्टीकरणपत्र लिएर आएको जानकारी गराएका थियौं, केन्द्रीय कार्यालयका सचिव ढकालले भने,गेटका सुरक्षाकर्मीले भित्र सोध्नुभयो । अनि हामीले लगेको पत्र त्यहाँ बुझेर राख्नुभयो । 



शुक्रबार ०९, माघ २०७७ ०३:०६ मा प्रकाशित

#प्रधानमन्त्री केपी शर्मा ओली

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस