केपी ओलीले घुँडा नटेकेसम्म टाउकोमा कफन बाँधेर सडकमा उत्रिन्छौँः झलनाथ खनाल

केपी ओलीले घुँडा नटेकेसम्म टाउकोमा कफन बाँधेर सडकमा उत्रिन्छौँः झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म आन्दोलन नरोकिने बताएका छन्।

नेकपा दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौँमा गरेको शक्ति प्रदर्शनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन्।

ओलीले देशलाई प्रतिगमनतर्फ लगेको हुँदा प्रतिगमन नसच्चिएसम्म टाउकोमा कफन बाँधेर सडकमा उत्रिने खनालको चेतावनी छ।

उनले भने, ‘०६२/०६३ को उपलब्धी र संविधानको रक्षा गर्न आम जनता सडकमा उत्रिएका छन्। जबसम्म प्रतिगमन सच्चिँदैन, जबसम्म ओलीले घुँडा टेक्दैनन्, टाउकोमा कफन बाँधेर सडकमा उत्रिएका छौँ।’