केपी ओली सामूहिकतामा विश्वास गर्ने मानिस होइनन् : माधव नेपाल

केपी ओली सामूहिकतामा विश्वास गर्ने मानिस होइनन् : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आदर्शमा विश्वास नगर्ने मानिस भएको आरोप लगाएका छन् । आज प्रचण्ड नेपाल समूहले गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले सम्बोधन गर्दै भने 'केपी ओली कम्युनिष्ट आदर्शमा विश्वास गर्ने मानिस होइनन् । केपी ओली सामूहिकतामा विश्वास गर्ने मानिस होइनन् ।' उनले भने, 'प्रधानमन्त्री ओलीले धारामा टिक्न नसकि धारामा नै नभएको कुरा ल्याएर राष्ट्रपति कहाँ चिठि पठाएको बताए ।

ओली संविधानको धारामा टिक्न नसकेपछि धाराको उल्लेख नै नगरिकन राष्ट्रपति कहाँ चिठि पठाएका रहेछन् ।'