च्याउ र सिस्नुखेतीप्रति आकर्षित बन्दै युवा

धनगढी खबर    

च्याउ र सिस्नुखेतीप्रति आकर्षित बन्दै युवा

मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । वैदेशिक रोजगारी र जिल्ला बाहिर रोजगारी गर्नुभन्दा आफ्नै स्थानमा जिल्लाभित्रै व्यावसायिकरुपमा च्याउ र सिस्नुखेती गरी स्वरोजगारीको कार्य महत्वपूर्ण भएको बताइएको  छ । 

पछिल्लोपटक शिक्षित युवा वर्गसमेत अन्यत्र पेशामा संलग्न नभई व्यावसायिकरुपमै कृषि पेशामा संलग्न हुन थालेका छन् । हेटौँडा उपमहानगरपालिका–६ का स्थानीय एवं व्यवस्थापन सङ्कायमा स्नातक अध्ययनरत प्रकाश पौडेलले स्वरोजगार बन्न च्याउ खेती  गर्दै आएका छन् । 

करीब चार वर्षअघि साथीभाइको सरसल्लाहबाट उत्पेरित भई शुरु गरेको च्याउ खेती आज पौडेलको लागि स्वरोजगारका लागि जीविकोपार्जनको उपयुक्त बाटो बन्न पुगेको छ ।

वि.सं २०७३ मा तीन जनाको संयुक्त लगानीमा तीन वटा टनेलबाट शुरु भएको च्याउ खेती आजसम्म आइपुग्दा ४० टनेलमा विस्तार भएको छ । च्याउका लागि पराल पकाउने ठाउँको व्यस्थापन गरी च्याउखेती गरिँदै आएको छ । 

थप व्यावसायिकता र युवा वर्गका लागि उदाहरणीय बन्दै गएका   उनीहरुले हेटौँडा उपमहानगरपालिका–७ र भीमफेदी गाउँपालिकाको चुनियाँमा च्याउ खेती गरिरहेका छन् ।



शुक्रबार ०९, माघ २०७७ ०३:४४ मा प्रकाशित

# व्यावसायि #रोजगारी

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस