काठमाडौँ । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको र तराई भू-भागहरुमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।
देशको उच्च हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै आज राती सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मौसम बदलीको अवस्था सोमवारसम्म रहने महाशाखाले जनाएको छ ।