विप्लव नेकपा कार्यकर्ताद्वारा पिकाप भ्यानमा आगजनि

विप्लव नेकपा कार्यकर्ताद्वारा पिकाप भ्यानमा आगजनि

हेटौडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् । नेकपाका कार्यकर्ताले काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ पिकअपमा आगजनी गरेको मकवानपुर प्रहरीले जनाएको छ।

आफ्ना नेता तथा पार्टीका केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले गत पुस २९ गते पक्राउ गरे पछि त्यसको विरोधमा आजका लागि आव्हान गरेको नेपाल बन्दको उल्लंघन गरेको भन्दै नेकपाका कार्यकर्ताले उक्त बोलेरो जलाएका हुन।

प्रहरीका अनुसार मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ ।