बैतडीमा शंकाष्पद वस्तु फेला, विप्लव नेकपाले राखेको हुन सक्ने

बैतडीमा शंकाष्पद वस्तु फेला, विप्लव नेकपाले राखेको हुन सक्ने

बैतडी । महाकाली राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा बिच सडकमा शंकास्पद बस्तु फेला परेको छ।

रातो कपडामा तारसहित बमजस्तो देखिने डल्लो बनाएको अवस्थामा उक्त बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिएका छन्।

शुक्रवार राती उक्त सडकमा चल्दै गरेका सवारीसाधनका चाकलहरूले उक्त शंकाष्पद वस्तु देखे पछि प्रहरीलाई खबर गरेका थिए। शंकास्पद बस्तु फेला परेपछि रातिदेखि नै राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आज नेपाल बन्द आह्वान गरेकाले सोही समूहले राखेको हुन सक्ने बताइएको छ। उक्त शंकास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल जाँदै गरेको प्रहरीले जनाएको छ।