पीएम कप क्रिकेट : कर्णालीलाई एपीएफको २१९ रनको लक्ष्य

पीएम कप क्रिकेट : कर्णालीलाई एपीएफको २१९ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत टीयू मैदानमा भइरहेको खेलमा एपीएफले कर्णाली प्रदेशलाई २१९ रनको लक्ष्य दिएको छ । समूह ए को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विभागीय टोली एपीएफले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २१८ रन बनाएको हो ।

एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाए । उनले ७६ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । यस्तै अमरसिंह राउटेलाले ३१, सुबास खकुरेलले २३, शंकर राना र भुवन कार्कीले समान १५, बसन्त रेग्मीले १४ र सुमी महर्जनले १० रन बनाए ।

कमल सिंह ऐरी ९ रन बनाएर आउट भए भने ओपनर रित गौतमले लगातार दोस्रो खेलमा खाता खोल्न सकेनन् । किशोर महतोले अविजित रहँदै १३ रन बनाए । बलिङमा कर्णालीका कप्तान रवीन्द्र शाही र अनुज चुनाराले ३(३ विकेट लिए । यस्तै दिबन पुन र राज शाहले समान २ विकेट लिए ।