स्वास्थ्य मन्त्रालयले तोक्यो कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशमा संयोजक

स्वास्थ्य मन्त्रालयले तोक्यो कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशमा संयोजक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ।

खोप अभियानलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि मन्त्रालयले सातवटै प्रदेशमा संयोजक तोकेको हो।
भारतकेपी शर्मा ओ अनुदानमा दिएका १० लाख डोज कोरोनाविरुद्धको खोप बिहीबार नेपाल आइसकेको छ। प्रधानमन्त्री लीले यही माघ १४ गतेबाट देशभर खोप अभियान सञ्चालन गर्ने बताएका छन्।

मन्त्रालयले प्रदेश १ का लागि डा. तारानाथ पोखरेल, प्रदेश २ का लागि डा. मदनकुमार उपाध्याय, बागमती प्रदेशका लागि डा। गुणराज लोहनी, गण्डकी प्रदेशका लागि प्रा. डा. जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा विकास देवकोटा, कर्णाली प्रदेशमा डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा.कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकेको छ।