लोकदोहोरीमा देखिएको विकृतिविरुद्ध कलाकार चिन्तित

लोकदोहोरीमा देखिएको विकृतिविरुद्ध कलाकार चिन्तित

लोकदोहोरी संगीतकर्मीहरूले विदेशी संगीतको हस्तक्षेप रोकेर नेपाली लोकसंगीतलाई माथि उठाउने प्रण गरेका छन् । लोकदोहोरी गायक गायिकाहरूको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको २०औं वार्षिक उत्सव तथा साधारण सभामा उनीहरूले यस्तो भनाइ राखेका हुन् ।

सो प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले पछिल्लो समय लोकदोहोरीमा त्यतिकै विकृति भित्रिएको बताए । यस्तो विकृतिविरुद्ध प्रतिष्ठान लागिपरेको र कतीपय विकृति पूर्ण लोकदोहोरी गीतलाई प्रतिष्ठानका तर्फबाट सच्याउन लगाइएको पनि उनले बताए । यसपटक कोरोना संक्रमणका कारण प्रतिष्ठानले धेरै काम गर्न नसकेको तर कोरोनाका कारण लकडाउन हुँदा समस्यामा परेका सदस्यहरूलाई प्रतिष्ठानका तर्फबाट रहत प्रदान गरिएको पनि उनले बताए । रहतका लागि सहयोग गर्ने व्यक्तिहरूलाई कदरपत्र प्रदान गर्दै बिजीले लोकदोहोरी गीतको संरक्षणका लागि आफूहरू सधंै लागि पर्ने बताए ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङले आफूहरूले स्थापना गरेको संस्थामा आज हजारौं गायक गायिकाहरू जोडिँदा निक्कै खुसी लागेको बताए । यो प्रतिष्ठानले लोकदोहोरीका सान निकै बढाएको पनि गायक लम्सालले बताए ।

प्रतिष्ठानका सल्लाहकार एवं अग्रज लोकगायक राजन लम्सालले पनि लोक गायनमा विकृति आएको भन्दै नेपाली संगीतको पहिचान नै लोकदोहोरी भएको जिकिर गरे । हामीले नेपाली लोकगीत संगीतको मौलिकता बचाउनुपर्नेमा उनले जोड दिए ।