प्रधानमन्त्री कप क्रिकेट : तेस्रो जितसँगै एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप क्रिकेट : तेस्रो जितसँगै एपीएफ सेमिफाइनलमा

काठमाडौँमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित हात पार्दै विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफ समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको हो । लगातार तीन खेल जित्दै त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

आर्मी र एपीएफको समान ६ अंक भए पनि नेट रनेटका आधारमा एपीएफ शीर्ष स्थानमा छ । पराजित कर्णाली भने समूह चरणबाटै बाहिरिएको छ । यसअघि नै प्रदेश १ र गण्डकी प्रदेश यस समूहबाट बाहिरिसकेका छन् ।

तीनवटै टिमले समूहमा समान १ खेल जित्दा ३ खेल हारेका थिए । अब आर्मी र एपीएफबीच सोमबार हुने खेलबाट समूह ए को विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २१९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सकेको थियो ।