एम्स तोडफोडमा आपका सांसद सोमनाथ भारतीलाई २ वर्ष जेल सजाय

एम्स तोडफोडमा आपका सांसद सोमनाथ भारतीलाई २ वर्ष जेल सजाय

सन् २०१६ मा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) तोडफोडको नेतृत्व गरेको अभियोगमा भारतको  दिल्ली अदालतले आम आदमी पार्टी (आप) का सांसद सोमनाथ भारतीलाई २ वर्षको जेल सजाय सुनाएको छ। 

भारतीसहितको समूहले २०१६ को सेप्टेम्बर ९ मा एम्सको पर्खाल तोडफोड गर्ने प्रयास गर्नुका साथै उक्त कार्यलाई रोक्न खोज्ने अस्पतालका सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेको आरोप लागेको थियो। 

भारतीका वकिलले उनको सजाय कम गर्न गरेको आग्रहलाई अदालतले अस्वीकार गरेको छ। तर उनको जमानत स्वीकार गरिएको छ। अब उनले माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउनेछन्। सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएकोमा उनलाई १ लाख २ हजार रुपैयाँ जरिवाना गरिएको छ। जसमा ७५ हजार रुपैयाँ एम्सलाई क्षतिपूर्तिस्वरुप दिनुपर्नेछ।