कञ्चनपुर । कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । शनिवार जिल्लाको भीमदत्त नगरपालिका -९ तुम्नाडीबाट ७ ग्राम ४९० मिलिग्राम खैरौ हिरोइनसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका-१० सुकासालका ३५ वर्षीय विनोद चन्द र सोही नगरपालिकाकै वडा नम्बर ५ का २४ वर्षीय सुवाश लुहार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।