कोरोना रिजल्ट ३१ पटकसम्मै पोजेटिभ, ६ महिनाअघि गरिएको थियो पहिलो टेस्ट

कोरोना रिजल्ट ३१ पटकसम्मै पोजेटिभ, ६ महिनाअघि गरिएको थियो पहिलो टेस्ट

भारत जयपुरस्थित भरतपुरकी एक महिलालाई ३१ पटकसम्म कोभिड-१९ पोजेटिभ देखाइरहेको छ। ती महिलालाई कोरोना भाइरसको रिजल्ट कहिले नेगेटिभ आउने हो अझै पत्तो लागेको छैन। गत वर्षको अगस्ट २४ मा उनलाई पहिलोपटक कोरोना पोजेटिभ देखिएको थियो। त्यसयता उनले ३१ पटक कोरोना चेक गरिन्। यीमध्ये १४ पटक आरटी पीसीआर विधिबाट र १७ पटक एन्टीजेन विधिबाट जाँच गरिएको थियो। पछिल्लोपटक उनलाई जनवरी ७ मा आरटी पीसीआर र जनवरी १० मा एन्टीजेन विधिमार्फत कोरोना जाँच गरिएको थियो।

ती महिलालाई' अप्रा घर 'केयर होममा सेम्टेम्बर १ मा ल्याइएको थियो। त्यही उनी पुन संक्रमित बनिन्। ती महिला मानासिक रोगी पनि भएको अप्ना घर प्रशासनले जनाएको छ। प्रशासनका अनुसार उनको श्रीमानको मृत्यु भइसकेको र बुवाआमा पनि बितिसेकका ती महिलालाई उनका भाईले यहाँ ल्याएका हुन्। हाल उनलाई आइसोलेनसमा राखिएको छ।

भरतपुरका चिफ मेडिकल हेल्थ अफिसर डा कप्तान सिंहले उनमा कोरोनाको कुनै लक्षण भने नरहेको बताए। प्रतिक्रियाबिहीन भाइरस शरीरभित्र रहेकाले यस्तो देखाउन सक्ने डा सिंहको भनाई छ।