नेकपा प्रचण्ड-नेपाल समुहले माघ १७ गते धनगढीमा प्रदेशस्तरिय बृहत विरोध प्रदर्शन गर्ने

नेकपा प्रचण्ड-नेपाल समुहले माघ १७ गते धनगढीमा प्रदेशस्तरिय बृहत विरोध प्रदर्शन गर्ने

धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) समुह सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा माघ १७ गते प्रदेशस्तरिय बृहत विरोध प्रदर्शन गर्ने भएको छ । आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले माघ १७ गते बृहत विरोध प्रदर्शन र जनसभा गर्ने जानकारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान मिच्दै स्वेच्छाचारी किसिमले प्रतिनिधी सभा विघटन गरी लोकतन्त्रमाथि नै प्रहार गरेकोले त्यसको विरुद्ध सशक्त आवाज बुलन्द गर्न विरोध जुलुश र जनसभाको आयोजना गरिएको नेकपा सुदूरपश्चिम इन्चार्ज भिम रावलले जानकारी दिए ।

विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल धनगढी आउने आयोजकले जनाएको छ ।