प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्चमा आज आठ अधिवक्ताले गरे बहस

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्चमा आज आठ अधिवक्ताले गरे बहस


प्रतिनिधि सभा विघटनविरुद्ध आठ जना अधिवक्ताले आइतबार बहस गरेका छन्।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू निकिता ढुंगाना, केदार कार्की, कृष्णप्रसाद शर्मा, वीरेन्द्र ठाकुर, दिपक राई, अधिवक्ता शिवाहाङ राई,अधिवक्ता देवराज पोखरेल ८ जनाले बहस गरेका हुन्।

सबैले आज रिट निवेदनको पक्षमा बहस गरे। पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट परेको छ।ती रिटको सुनुवाइ माघ ४ देखि निरन्तर भइरहेको छ।