साधारण सदस्य समेत नरहने गरि प्रधानमन्त्री ओली लाई पार्टी बाट हटाइयो

साधारण सदस्य समेत नरहने गरि प्रधानमन्त्री ओली लाई पार्टी बाट हटाइयो

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सदस्यबाटै हटाइएको छ । सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि  ओली लाई नेकपाको साधारण सदस्यबाटै हटाइएको हो । 

नेकपा प्रचण्ड–नेपाल समूहले पार्टीबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआएको र पार्टीविपरीतका क्रियाकलाप जारी राखेकाले साधारण सदस्यबाटै हटाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा केन्द्रीय कमिटीले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।