पीएम कपमा आज आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्ने

पीएम कपमा आज आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्ने

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज सोमवार दुई खेलहरु हुँदैछन् । बिहान ९ बजे शुरु हुने खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब तथा पुलिस क्लब र प्रदेश २ प्रतिस्पर्धा गर्न लागेका हुन् ।

विभागीय टिम आर्मी र एपीएफबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । दुबै टिम समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । समूह ए मा रहेका यी दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा पुलिसले प्रदेश २ सँग प्रतिस्पर्धा गर्नेछ । प्रदेश २ लाई हराएर सेमिफाइनल पुग्न चाहने पुलिसका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । यो खेलपछि पुलिस र लुम्बिनी मध्ये एक टिम सेमिफाइनल पुग्नेछ ।