प्रदेश सरकारले माघी पर्वका अवसरमा सार्वजनिक विदा दिने

प्रदेश सरकारले माघी पर्वका अवसरमा सार्वजनिक विदा दिने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वका अवसरमा माघ १ गते एक दिन प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

प्रदेश मन्त्रीपरिषदको आजको बैठकले माघी पर्वका उपलक्ष्यमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको नियमित बैठकले प्रदेशमा थारु र पहाडी समुदायको महत्वपूर्ण पर्व भएकोले सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिनुभयो ।