कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको मृत्यु

कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको मृत्यु

कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्युटर अधिकृतको मृत्यु भएको छ । मन्त्रालयको रामशाहपथ स्थित कार्यालयमा लामो समयदेखि कार्यरत कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

सह–प्रवक्ता अधिकारीका अनुसार  ५१ वर्षीय श्रेष्ठ ललितपुर गोदावरी निवासी हुन् । उनी कोरोना संक्रमण भई केहीदिन देखि चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारत थिए। 

वीर अस्पतालमा उपचारकै क्रममा श्रेष्ठको सोमबार मृत्यु भएको सह–प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।