आज दिनभर देशभरको मौसम कस्तो रहला ?

आज दिनभर देशभरको मौसम कस्तो रहला ?

काठमाडौं । अहिले देशभर चिसो भइरहेको छ। मंगलबार देशका पूर्वी पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । तराई भू-भागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ  ।

आज काठमाडौंमा पनि चिसो बढेको छ । आ काठमाडौंको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज दिउँसो देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने  बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राति प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू-भागहरूमा आंशिक बदली रहनेछ । त्यस्तै  उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।