प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा ४ हजार बढीले रोजगारी पाउने

प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा ४ हजार बढीले रोजगारी पाउने

बैतडी ।  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार २ सय बढी नागरिकले रोजगारी पाउने भएका छन् ।

स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएका मध्ये ४ हजार २८१ जना छनौट भएका हरुले एक सय दिनको रोजगारी पाउने जनाइएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ जना प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनौट भएका छन् भने पाटन नगरपालिकामा ७६२ जना छनौट भएका छन् । ७ हजार आवेदन परेकोमा ७६२ जना छनौट भएका नगरपालिकाका रोजगार संयोजक महेश पन्तले जानकारी दिनुभयो । पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ करोड ९६ लाख बजेट निकासा भएको छ ।

यस्तै क्रमसः मेलौली नगरपालिकामा १ हजार २४ जना मध्ये २७१ जना छनौट भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मेलौलीमा १ करोड ४४ लाख रुपैयाँ निकासा भएको छ । दशरथचन्द नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ हजार ६८२ जना मध्ये ४ सय जना छनौट भएका छन् । दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि २ करोड बजेट निकासा भएको छ । डिलाशैनी गाउँपालिकामा ३३४ जनाले रोजगारी पाउने भएका छन् भने १ करोड ७२ लाख ६८ हजार रुपैंया निकासा भएको छ । यस्तै दोगडाकेदार गाउँपालिकामा २७० जनाले रोजगारी पाउने भएका छन् भने १ करोड ३९ लाख ५७ हजार बजेट निकासा भएको छ ।

शिवनाथ गाउँपालिकामा ४२३ जनाले रोजगारी पाउनेछन् भने २ करोड १८ लाख बजेट निकासा भएको छ ।  पञ्चेश्वर गाउँपालिकामा ५३८ जना प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका छन् । सुर्नया गाउँपालिकामा ८३३ जना रोजगारीका लागि छनौट भएका छन् । जसका लागि ४ करोड ३३ लाख रुपैंया निकासा भएको जनाइएको छ ।  सिगास गाउँपालिकामा ४५१ जनाले रोजगारी पाउनेछन् भने २ करोड १५ लाख ८६ हजार निकासा भएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत केही पालिकाहरूले काम सुरु गरिसकेका छन् भने केही पालिकाहरूले योजना छनौट गरिरहेका जनाइएको छ ।