‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने सरकारको तयारी

‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने सरकारको तयारी

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले डिजिटल नेपाल फ्रेमवर्क र साइबर सुरक्षा बारे नेपालका विज्ञहरुसँग छलफल गरेका छन् ।

मन्त्री गुरूङले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्क तथा साइबर सुरक्षा बारे सरोकारवालासँग छलफल गरेका हुन् । 

उक्त कार्यक्रममा मन्त्री गुरूङले डिजिटल नेपाल फ्रेमवर्क डिजिटल नेपालको रुपान्तरणकारी योजना भएको बताएका छन् ।

कार्यक्रममा उनले सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि लगानी सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको बताए । साथै एप सार्वजनिक गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नभएको उनले जानकारी दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले सरकारले नागरिक एप ल्याउनु धेरै ठूलो काम भएको बताएका थिए । साथै नेपालको साइबर सुरक्षामा विज्ञहरूले योगदान गर्ने प्रतिवद्दता पनि जनाएका थिए ।