बिगबास लिगः सन्दीप विकेटविहीन, होबर्टले ब्याटिङ गर्दै

बिगबास लिगः सन्दीप विकेटविहीन, होबर्टले ब्याटिङ गर्दै

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग क्रिकेटको आजको खेलमा विकेटविहीन भएका छन्।मेलवर्नमा जारी लिगमा सन्दीप सम्मिलित होबर्ट हरिकेन्सले मेलवर्न रेनेगेट्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

यसअघि सिड्नी सिक्र्सससँगको खेलमा २ विकेट लिएका सन्दीप आज विकेट विहिन भएका हुन्। सन्दीपले आफ्नो स्पेलमा ३५ रन खर्चे। रिले मेरिडिथले ३ तथा डि अर्ची सर्ट र स्कट बोल्याण्डले एक एक विकेट लिए।

हरिकेन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रनको योगफल तयार पारेको छ। जितका लागि १ सय ५१ रनको लक्ष्य पाएको हरिकेन्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

७ खेलमा जित र ६ खेलमा हार भोगेको हरिकेन्स अंक तालिकाको छैटौं स्थानमा छ।