कैलालीमा युवकको हत्या गरी फरार रहेका ४ जना १५ बर्षपछि पक्राउ

कैलालीमा युवकको हत्या गरी फरार रहेका ४ जना १५ बर्षपछि पक्राउ

धनगढी । कैलालीमा एक युवकको हत्या गरी फरार भएका ४ जना १५ बर्ष पछि पक्राउ परेका छन । धनगढीको जालीका २५ वर्षीय दुःखराम चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–६ जालीका ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुमध्ये ३ जनालाई धनगढीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो भने तारा भनिने तारा प्रसाद चौधरीलाई कालिकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

दुःखराम २०६२ साल साउन ११ गते राति बेपता भएका थिए। १२ गते विहान धानको खेतबारीमा उनी मृत फेला परेका थिए।