आज २८५ जना कोरोना सङ्क्रमणमुक्त

आज २८५ जना कोरोना सङ्क्रमणमुक्त

आज देशभर कूल दुई सय ८५ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल दुई लाख ६४ हजार आठ सय २३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९८.०५ प्रतिशत रहेको छ। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।