नेपाल पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना पुष्टि, ६ जनाको निधन

नेपाल पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना पुष्टि, ६ जनाको निधन

पछिल्लो २४ घण्टामा मुलुकभर चार हजार पाँच सय ७४ जनाको पिसिआर परीक्षण गर्दा थप तीन सय ३ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २० लाख ५२ हजार ६ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको छ। 

कुल संक्रमित २ लाख ७० हजार ९२ जना छन्। जसमध्ये सक्रिय संक्रमित तीन हजार दुई सय ५२ छन्। बितेको २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या दुई हजार १७ जना पुगेको छ।

पछिल्लो पटक दुई सय ८५  जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६४ हजार ८ सय २३ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय २२ छ।