कञ्चनपुरमा किशोरी मृत फेला

कञ्चनपुरमा किशोरी मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको भीमदत्त नगरपालिका–१५ गोबरियाकी १३ वर्षीया करुणा चन्द मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चन्द घरको कोठामा मृत फेला परेकी हुन् । मृत भेटिएकी चन्दको शव परीक्षणपछि आफन्तलाई बुझाईएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।