बझाङमा खुँडा प्रहार गरी युवकको हत्या

बझाङमा खुँडा प्रहार गरी युवकको हत्या

बझाङ । बझाङको छविसपाथिभेरा गाँउपालिकामा खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ।

मंगलबार गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा विवाद भएपछि खुँडा प्रहार गरि सोही वडाका लखन भनिने अमृत सिंहको हत्या भएको प्रहरीले जनाएको छ ।

खुँडा प्रहार गर्ने मध्येका छविसपाथीभेरा गाँउपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने अर्का युवा प्रकाश ऐडी फरार भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए।

घटनामा संलग्न कडायतको साथ बाट खुँडा समेत बरामद गरिएको र फरार रहेका ऐडीको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ।