कोरोनाबिरुद्धको खोप बुधवारदेखि सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

कोरोनाबिरुद्धको खोप बुधवारदेखि सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ। सरकारले बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ। बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरुवात गर्ने भएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश सुनाएपछि प्रधानमन्नी ओलीले भर्चुअल रुपमा प्रधानमन्त्री निवास बालुवाटारबाट एकैपटक तीनवटा अस्पतालबाट खोप अभियानको उद्घाटन गर्नेछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुबाट खोप अभियानको शुभारम्भ गरिनेछ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल निर्देशक सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाउने छन्। सरकारले टेकु अस्पतालको लागि २ हजार ६ सय खोप उपलब्ध गराएको राजभण्डारीले जानकारी दिए।

पहिलो चरणमा कोरोनाविरुद्ध फन्टलाइनमा काम गरिरहेका ४ लाख ३० हजार जनालाई खोप लगाइने स्वास्थ्य सेवा विभाग जनाएको छ।

सरकारले राजधानीका लागि यी स्थानमा कोरोनाबिरुद्धको खोप लगाउने कार्यक्रम छस्

१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल
५. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
६. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
७. भक्तपुर अस्पताल
८. शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
१०. सशस्त्र प्रहरी अस्पताल, बलम्बु
११. शहिद गंगालाल अस्पताल