फुलबारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

फुलबारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

धनगढी ।  फुलबारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। 

धनगढी उपमहानगरपालिकाको फुलबारीमा मंगलबार साँझ करिब साढे ८ बजेको समयमा से १ प १५८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले दुर्घटनामा परि मोटरसाइकल चालक फुलबारीका अन्दाजी २३ वर्षीय डम्बर बिक र पछाडी सवार अन्दाजी २२ वर्षीय रमेश बिक घाइते भएको जनाएको छ। 

चालकको हात, खुट्टा र मुखमा चोट लागेको छ भने पछाडी सवार बिकको टाउको, हात र  खुट्टामा  चोट लागेको छ। दुबै जनाको अवस्था मध्यम रहेको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय फुलबारीले नियन्त्रणमा लिएको छ।