बेहोस अवस्थामा भेटिएकी युवतीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु

बेहोस अवस्थामा भेटिएकी युवतीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बेहोस अवस्थामा भेटिएकी युवतीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। 

भीमदत्त नगरपालिका वडा नम्बर १० की १८ वर्षीया आशा लुहारको उपचारका क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले बताए। 

लुहार सोमबार आफ्नै घरमा विषादी सेवन गरेको अवस्थामा बेहोस भेटिएकोमा महाकाली अस्पतालमा उपचार भइरहेका बेला मृत्यु भएको बताए।