सुदूरपश्चिममा पनि कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सुरु

सुदूरपश्चिममा पनि कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सुरु

धनगढी । सुदूरपश्चिममा पनि आजबाट कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियान सुरु गरिएको छ । सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका हुन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् । भारतले अनुदानमा उपलब्ध गराएका खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई लगाइने प्रदेश सरकारले जनाएको छ।

यस प्रदेशका प्रदेशका ९ वटा खोप केन्द्र मार्फत अभियान सुरु भएको घोषणा गरिएको छ। नेपालमा कारोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि यसविरुद्धको खोप अभियान सुरु भएको छ ।

अभियान सुरु भएसँगै सातै प्रदेशमा खोप लगाउन सुरु भएको छ । आज देशभरका ६२ अस्पतालमा रहेका १२० खोप केन्द्रबाट १२ हजारलाई खोप प्रदान गरिने बताइएको छ ।

नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप तथा भारतको औषधी उत्पादक कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग गर्न थालिएको हो । पहिलो चरणमा भारतले १० लाख डोज उपहारस्वरुप दिएको खोप लगाउन थालिएको हो ।