सुदूरपश्चिममा स्वास्थ्य निर्देशक डा.अवस्थीले लगाए कोरोना विरुद्धको पहिलो खोप

सुदूरपश्चिममा स्वास्थ्य निर्देशक डा.अवस्थीले लगाए कोरोना विरुद्धको पहिलो खोप

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना विरुद्धको पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले लगाएका छन । आजबाट शुभारम्भ गरिएको पहिलो चरणको खोप सुदूरपश्चिममा डाक्टर गुणराज अवस्थीले लगाएका हुन ।

उनले  सेती प्रादेशिक अस्पतालको खोप केन्द्र मार्फत खोप लगाएका हुन । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशकै सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेका हुन्।

प्रदेशका ९ वटा खोप केन्द्र मार्फत अभियान सुरु भएको घोषणा गरिएको छ।