कञ्चनपुरमा कोरोनाको पहिलो खोप मेडिकल मेसु र स्वास्थ्य प्रमुखलाई

कञ्चनपुरमा कोरोनाको पहिलो खोप मेडिकल मेसु र स्वास्थ्य प्रमुखलाई

कञ्चनपुर । कञ्चनपुरमा कोभिड–१९ विरुद्धको पहिलो खोप महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठ र स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारबाट खोप अभियान सुरु गरिएको छ।

बुधबार बिहान महाकाली अस्पतालमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान सुरुवातका क्रममा श्रेष्ठलाई पहिलो खोप दिइएको हो। त्यसपछि स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र अन्य स्वास्थ्यकर्मीहरुले पनि खोप लगाएका छन्।

खोप अभियान शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बुधबार नेपालीहरुको खुसीको दिन भएको बताए। उनले पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र सरसफाईकर्मीहरुलाई खोप लगाउने बताए।