सनातन हिन्दु राष्ट्र लागि धनगढीमा भोली मोटरसाइकल बृहत्त र्याली हुने

सनातन हिन्दु राष्ट्र लागि धनगढीमा भोली मोटरसाइकल बृहत्त र्याली हुने

सनातन हिन्दु राष्ट्र कायमको माग गर्दै भोली (बिहिबार) धनगढीमा बृहत्त मोटरसाइकल र्यालीको हुने भएको छ। सुन्दर सुदूरपश्चिमबासी जनताको आयोजनामा धनगढीको बुद्धचोकदेखि ट्राफिक चौराहसम्म बृहत मोटरसाइकल र्याली हुने भएको हो।

आयोजकले बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै ललित जोशीले नेपालमा हत्या, हिंसा, बलात्कार बढ्दै गएकाले यसको अन्त्यका लागि हिन्दु राष्टको आवश्यक रहेको बताए।

उनले सनातन हिन्दु राष्ट्र कायम अभियान अन्तर्गत मेची देखि महाकालीसम्म यो अभियान जारी रहेको बताए। र्यालीमा दशौं हजार सुदूरपश्चिमबासी सहभागि हुने आयोजकको दावी छ।