धनगढीको चटकपुरमा खुल्यो भूमिराज मार्ट, सामान किन्न पसल–पसल धाउनु पर्ने बाध्यताको अन्त्य

धनगढीको चटकपुरमा खुल्यो भूमिराज मार्ट, सामान किन्न पसल–पसल धाउनु पर्ने बाध्यताको अन्त्य

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डेढ करोडको लगानीमा भूमिराज मार्ट सञ्चालनमा ल्याईएको छ । युवा व्यवसाय राजेन्द्र चन्दले साथी मार्टको फ्रेन्चाइजका रुपमा  करिब डेढ करोडको लगानीमा मार्ट सञ्चालनमा ल्याएका हुन् ।

उप–महानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा सञ्चालनमा ल्याईएको मार्ट बुधबार एक कार्यक्रमका विच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले उद्धघाटन गरेका हुन । व्ययसायी चन्दले अहिले मार्टहरुको आवश्यकता बढ्दै गएका कारण आफुले पनि ग्राहकहरुको सहजताका लागि मार्ट सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले ग्राहकहरुलाई आवश्यकता पर्ने सामानहरु एकै ठाउँमा सस्तो र सुलभ तरिकाले उपलब्ध गराउने उद्धेश्यले मार्ट सञ्चालन गरेको जानकारी दिए । व्यवसायी चन्दका अनुसार अन्य स्थानमा पनि नयाँ शाखा विस्तार गर्ने योजना रहेको छ । मार्टमा हरेक सामानमा ५ प्रतिशत सम्म छुटको व्यवस्था पनि रहेको छ ।

यस्तै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मार्ट दिनानु दिन बढ्दै जानु सकारात्म कुरा रहेको बताए । “हिजोका दिनहरुमा सामान किन्न फरक फरक पसल धाउनु पर्ने बाध्यता थियो’,उनले भने,‘तर अहिले यस्ता मार्टहरुले त्यो बाध्यताको अन्त्य हुदैँ गएको छ ।” साथै कुवँरले व्यवसायीक सफल्ताको समेत शुभकामना दिएका छन ।