धनगढीको चटकपुरमा डेढ करोडको लगानीमा खुल्यो भूमिराज मार्ट (फोटो फिचर)

धनगढीको चटकपुरमा डेढ करोडको लगानीमा खुल्यो भूमिराज मार्ट (फोटो फिचर)

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डेढ करोडको लगानीमा भूमिराज मार्ट सञ्चालनमा ल्याईएको छ । युवा व्यवसाय राजेन्द्र चन्दले करिब डेढ करोडको लगानीमा मार्ट सञ्चालनमा ल्याएका हुन् ।

उप–महानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा सञ्चालनमा ल्याईएको मार्ट बुधबार एक कार्यक्रमका विच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले उद्धघाटन गरेका हुन ।

युवा व्ययसायी चन्दले अहिले मार्टहरुको आवश्यकता बढ्दै गएका कारण आफुले पनि ग्राहकहरुको सहजताका लागि मार्ट सञ्चालनमा ल्याएको जानकारी दिए ।